आज घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०६, आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।

आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि घटेको छ ।

तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको १२ सय ९० रुपैयाँ रहेको थियो ।

 

 

प्रकाशित : 19 March, 2021

प्रतिक्रिया दिनुहोस्