धादिङको पुलबाट ट्रक खस्दा २ घाईते

सहयात्रा टिभी

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा हुग्दीखोला पुलबाट ट्रक खसेको छ । दुर्घटनामा ट्रकका चालक र सहचालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र दिलीप सापकोटा तथा ट्याक्टरमा सवार धादिङका निरज चेपाङ घाइते भएका छन् ।
काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ४७३८ नम्बरको डिब्बा ट्रक जोगीमारास्थित हुग्दीखोला पुलबाट खसेर दुर्घटना भएको जोगीमारा प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित : 1 August, 2017

प्रतिक्रिया दिनुहोस्