पठाओ राइडर र ट्याक्सी चालकबिच सडकमै झडप

काठमाडौं । चैत्र १०, राजधानीको मुटु नै मानिएको दरबारमार्गमा ट्याक्सी व्यवसायी र पठाओ राइडरहरुबीच ग्याङ फाइट जस्तै प¥यो । कल–भेहिकल अर्थात् सेयर राइडिङ ‘पठाओ’ राइडर माथि ट्याक्सी व्यवसायीहरु जाइलागेपछि प्रतिवादमा पठाओ राइडरहरु पनि सडकमा उत्रिए ।
केही छिन् सडकको माहोल नै तनावपूर्ण अवस्थामा बदलियो । यो घटनाको केही दिनपछि पुनः कलङ्कीमा पनि यस्तै घटना दोहोरियो । सो स्थानमा पनि पठाओ राइडर र ट्याक्सी चालकहरूबीच नै घम्साघम्सी प¥यो । त्यसपछि, बानेश्वर, नयाँ बजार, बालाजु, भक्तपुरको काँडाघारी र हिजो मात्र सामाखुसीमा पनि यस्तै घटना दोहोरिएको छ ।
पटक–पटक विवाद देखिए पनि यो समस्या समाधान गर्न सरकारको ध्यान जान सकेको छैन । बरु ऐन नियम भित्र नपर्ने टुटल र पठाओ जस्ता कम्पनीलाई आफूहरुले केही गर्न नसक्ने यातायात व्यवस्था विभागको उत्तर छ । ‘अहिलेसम्म टुटल र पठाओ यातायात व्यवस्थापन ऐन बमोजिम सञ्चालित यातायात सेवा होइनन् । त्यसैले यी कम्पनी हाम्रो क्षेत्राधिकार भित्र पर्दैन,’ यातायात व्यवस्थापन विभागका प्रवक्ता डा।लोकनाथ भुसालले भने, ‘कानुनतः यस्ता कम्पनीहरु यातायात व्यवस्थापन ऐन अन्तरगत आए मात्र हामीले हेर्न मिल्छ, नत्र केही गर्न सक्दैनौँ ।’