शुक्रबारबाट मौसममा सुधार

सहयात्रा टिभी

काठमाडौं । चैत्र ११, हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।


बुधबार सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ बाँकी भू-भागमा पनि आंशिक बदलि रहने छ भने गण्डकी प्रदेश,कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका पहाडि भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलि रहने छ। देशको पहाडी भू-भागहरुका थोरै स्थानहरु मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार प्रदेश न. १ को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित : 24 March, 2021

प्रतिक्रिया दिनुहोस्