नेपालबाट कतार एयरवेजको उडानबाट विदेश जान पिसिआर रिपोर्ट नचाहिने

काठमाडौं । चैत्र ११, नेपालबाट कतार एयरवेजको उडानबाट विदेश जान पिसिआरको टेष्टको नेगेटिभ रिपोर्ट आवश्यक नपर्ने भएको छ।
यसअघि कतार एयरवेजले आफ्ना सबै उडानबाट गन्तब्यमा जान चाहने सबै यात्रुको पिसिआर रिपोर्ट अनिवार्य भएको कतार एयरवेजले जनाएको थियो भने यसरि पिसिआर रिपोर्ट आवश्यक नपर्ने विभिन्न १३ वटा देशहरुमा नेपाल लगायत अर्मेनिया, बंगलादेश,ब्राजिल, भारत,ईरान, ईराक, नाईजेरिया, पाकिस्तान र फिलिपिन्स रहेका छन।
तर कुनै उडान उडनेतथा पुग्ने गन्तब्यका मुलुकले भने कोभिड१९ सम्बन्धि आफ्नो बेग्लै नियम लागु गरिरहेकाले त्यसलाई भने सबै हवाई उडान यात्रुहरुले अनिवार्य रुपमा पालना गर्नु पर्ने हुन्छ।