कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघ्यो

सहयात्रा टिभी

काठमाडौं । चैत्र १७, विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ५०७ जनाको मृत्यु भएको छ भने विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २८ लाख ३ हजार ९८८ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ६३ हजार २०६ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ३ लाख १४ हजार २६८ जना, भारतमा १ लाख ६२ हजार १४७ जना, रूसमा ९८ हजार ३३ जना, बेलायतमा १ लाख २६ हजार ६१५ जना, फ्रान्समा ९४ हजार ९५६ जना, इटालीमा १लाख ८ हजार ३५० जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ५९८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड ८२ लाख ३० हजार ६२३ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १९ लाख ८७ हजार ८३७ छ । यसमध्ये ९४ हजार ६६६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर १० करोड ३४ लाख ३८ हजारभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ५५ हजार ७५७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित : 30 March, 2021

प्रतिक्रिया दिनुहोस्