त्रिभुवन विश्वविद्यालयको परीक्षा नरोकिने

सहयात्रा टिभी

काठमाडौं । चैत्र १७, त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षा सञ्चालन हुने भएको छ। त्रिवि रजिष्ट्रारको कार्यालय अन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सूचना जारी गर्दै पठनपाठन बन्द भए पनि परीक्षा नरोकिने जनाकारी दिएका छन्।

ुत्रिभुवन विश्वविद्यलयअन्तर्गतका नकायहरुका नियमित प्रशासनिक कार्यहरु यथावत सञ्चालन हुने गरी २०७७ चैत १७ गतेदिख २०७७ चैत २० गते शुक्रबारसम्म पठनपाठन बन्द गरी विद्यार्थीलाई बिदा दिने निर्णय गरिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’सूचनामा उल्लेख छ,’ साथै पूर्वनिर्धारित कार्यतालिकाअनुसार परीक्षा सञ्चालन गरिरहेका त्रिविका निकायहरुले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरु यथावत सञ्चालन गर्न निर्णायानुसार सूचित गरिन्छ।’ बढ्दो वायु प्रदूषणका कारण सरकारले हिजो देशभरका सम्पूर्ण शिक्षण संस्था तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो।

प्रकाशित : 30 March, 2021

प्रतिक्रिया दिनुहोस्