मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता

सहयात्रा टिभी

काठमाडौं । चैत्र १८, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको दर्ता गराइएको अविश्वासको प्रस्ताव नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले फिर्ता लिएका छन् ।

नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् । नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरुविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।

यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भएको छ ।

 

प्रकाशित : 31 March, 2021

प्रतिक्रिया दिनुहोस्