तीन वटा हराएका प्राचीन मूर्ति अमेरिकाद्धारा हस्तान्तरण

सहयात्रा टिभी

काठमाडौं । चैत्र २०, अमेरिको सरकारले हराएका तीनवटा प्राचीन गणेश र बुद्धको आसनस्थल तथा काठमा कुँदिएको अप्सराको मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ ।

न्युयोर्कका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँ रहेका नेपालका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमलाई ती मूर्ति हस्तान्तरण गरेका महावाणिज्य दूतावासले बताएको छ ।

चार वर्षको अनुसन्धान एवं कानुनी प्रक्रिया पूरा गरी आज ती मूर्ति नेपाललाई प्रदान गरिएको हो । गैरकानुनीरूपमा प्राचीन सामग्रीको ओसारपसार एवम् खरिदबिक्री गर्ने समूहबाट अमेरिकी गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा सो मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने अमेरिका सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो ।

उक्त अवसरमा अमेरिकी अधिकारीलाई खादा ओढाएर सम्मान पनि गरिएको महावाणिज्य दूतावासले जनाएको छ भने हस्तान्तरण गरिएका ती मूर्ति यथाशक्य चाँडो नेपाल पठाइने छ ।

प्रकाशित : 2 April, 2021

प्रतिक्रिया दिनुहोस्