एस. एस. डि. आर. सि को आफ्नै भवनमा अटिजम दिवस ।।

सहयात्रा टिभी

भक्तपुर । चैत्र २२, बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्रद्धारा विश्व अटिजम सचेतना दिवस अप्रिल २ एक औपचारीक कार्यक्रम मार्फत चागुनारायण नगरपालिकाका वडा नं-९ ,अवस्थित ताथली याकाडोल, भक्तपुरमा बनिरहेको आफ्नै भवनमा मनाएको छ ।

संस्थाको अध्यक्ष सबिता उप्रेतीको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथी चागुनारायण नगरपालिकाको नगर प्रमुख सोम प्रसाद मिश्र, बिशेष अतिथि नेपाल सरकारको सचीव गोपी मैनाली, प्रो. डा. जनक कोइराला, डा. क्षितिज बराकोटी लगाएत विभिन्न संघ संस्थाका विशिष्ठ व्यक्तिहरु तथा संस्थाको सल्लाहकार, कार्यसमिति सदस्य, अभिभावक, स्वयंसेवक, अटिजम भएका बालबालिका र किशोर किशोरीहरुको सहभागीता रहेको थियो । कार्यक्रमलाई सम्बोदन गर्दै प्रमुख अतिथि मिश्रले संस्थालाई सकेको सहयोग पुर्याउने प्रतिबद्धता जनाउनु भयो ।

एस. एस. डि. आर. सि (SSDRC)की संस्थापक अध्यक्ष सविता उप्रेतीले संस्थालाई यहाँ सम्म ल्याउन सहयोग पुर्याउने सहयोगी हातहरुलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोग पाएमा अटिजम वालमैत्रिपूर्ण वातावरण सिर्जना गराइ थप सेवा प्रदान गर्ने कुरा व्यक्त गर्नुभयो ।

संस्थाका अटिजम भएक बालबालिकाहरुलाई नगर प्रमुखद्धारा खादा लगाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो । अटिजम बालबालिकाहरुको विशेष प्रस्तुतिहरु रहेको थियो । जसमा आदेशराज काफ्लेले आफ्नो सफलताको कथा प्रस्तुत गरी सबैलाई भावुक बनाएका थिए ।

संस्थाको परिचय
विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) बिगत १० बर्ष देखि गैरसरकारी ,गैह्र नाफामुलक सामाजिक र परोपकारी संस्थाको रुपमा नियमिता दाता र राज्यको सहयोग बिना पनि सिमित स्रोत र साधनमा अटिजम सम्वन्धी राज्य संग पैरवी गर्ने तथा समाजमा सचेतना बढाउदै अटिजम भएका ब्यक्तिहरुको लागि शिक्षा, स्वास्थ, विभिन्न किसिमको थेरापीहरु तथा सिपमुलक तालिम प्रदान समाजम पुनर्स्थापना गर्ने जस्तो सेवा प्रदान गर्दै नेपाली समाज र अटिजमको अभिभावकहरु प्रती ठूलो योगदान दिएको छ ।

संस्थाको संस्थापक तथा अध्यक्ष युवा सामाजिक अभियान्ता सबिता उप्रेतीले काम गर्ने सिलसिलामा अटिजम बालबालिकाहरु घरमा बाधेर थुनेर राखेको कारुनिक दृश्य देखे पछि आफनु व्यक्तिगत जीवन त्यागेर बिगत ११ वर्ष देखि यसै संस्था र बालबालिकाहरुको सेवामा समर्पित छन । हाल संस्थामा ५० जना अटिज्म भएका बालबालिका तथा किशोर किशोरीहरुले सेवा लिरहेका छन भने डाक्टर तथा थेरापिष्ट,साईकोलोजिष्ट,शिक्षक तथा अन्य कर्मचारी गरेर ३० जनाले सेवामा कार्यरत छन ।

अटिजम
नशा र तन्तुको विकास क्रममा भएको असमानता हो । जस्लाई न्युरो डेभलपमेन्ट डिसडर भनिन्छ । यो रोग होइना । मस्तिष्कको विशेष अवस्था हो । अटिजम भएको व्यक्तिहरुमा भाषा, संचार सीप र सामाजिकिकरणमा समस्या हुने र एउटै क्रियाकलाप दोहोराउनु, एकोहोरोपना लगायतको लक्षण देखिने गर्छ । जन्मेको १८ महिन देखि ३ बर्ष सम्म स्पष्ट लक्षण देखिन्छ । नेपालमा अटिजम सम्वन्धी जनचेतना कम छ भने यस क्षेत्रमा काम गर्ने सेवा केन्द्रहरु पनि कम छ । नेपालमा बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एस. एस. डि. आर. सि) एक अग्रणी संस्था हो ।

प्रकाशित : 4 April, 2021

प्रतिक्रिया दिनुहोस्