दिनहुँ १० बालबालिका बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । चैत्र २४, राष्ट्रिय बालअधिकार परिषद्का अनुसार गत साउनदेखि फागुन मसान्त सम्मको ८ महिनामा मात्रै २ हजार ३ सय ८८ बालबालिका हराएका छन् जसमध्ये १ हजार १ सय ६९ बालबालिका अझै भेटाउन सकिएको छैन ।

उक्त तथ्यांक अनुसार दिनहुँ औसतमा झन्डै दस जना बालबालिका हराउँछन्, जसमध्ये करिब आधा फेला पर्दैनन् ।

प्रदेश २ बाटै साउनयताको ८ महिनामा ५ सय ३३ बालिकासहित ६ सय १२ बालबालिका हराएका छन् । हराएकामध्ये २ सय २१ बालिका भेटिए पनि ३ सय १२ को अत्तोपत्तो छैन ।

प्रदेशगत तथ्यांक केलाउँदा प्रदेश २ पछि सबै भन्दा धेरै बालबालिका वाग्मती प्रदेशबाट हराएको देखिन्छ । वाग्मतीबाट ४ सय ५२ बालबालिका हराएका छन् भने प्रदेश १ बाट २ सय ९९, गण्डकीबाट ३ सय १०, लुम्बिनीबाट २ सय ८६, सुदूर पश्चिमबाट २ सय ३ र कर्णालीबाट १ सय २६ बालबालिका हराएका छन् ।

प्रकाशित : 6 April, 2021

प्रतिक्रिया दिनुहोस्