गोंगबुको गेस्ट हाउसमा पुरुषको शव फेला

काठमाडौं चैत्र २९, काठमाडौं महानगरपालिका–२७ मित्र नगर स्थित गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।