मनकामना केबुलकार सोमबारबाट पुनः सञ्चालनमा

काठमाडौं चैत्र २९, मनकामना केबुलकार मर्मत सम्भार पश्चात् सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।
मनकामना दर्शन प्रा. लि. ले शनिबार सूचना जारी गर्दै प्रथम चरण मध्येको कार्य अनुमानित समय भन्दा १ दिन अगावै सम्पन्न भएकोले चैत्र ३१ गते सञ्चालन गर्ने भनिएको केबुलकार चैत्र ३० गते सोमबार बाटै सञ्चालनमा आउने बताएको छ ।
६ दिन बन्द गरिएको केबुलकार ५ दिनमा नै काम सम्पन्न भएकोले सञ्चालनमा ल्याउन लागिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले जानकारी दिए ।