म्याजिक भ्यान दुर्घटना हुँदा ७ घाइते, २ जनाको मृत्यु

सहयात्रा टिभी

चितवन । चैत्र २९, भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु भएको छ ।

आइतबार बिहान भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६८५९ नम्बरको म्याजिक भ्यान अनिन्त्रित भएर कल्भर्टको डिलमा ठोक्किएर पल्टिँदा ४५ र ५५ वर्षीय दुईजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।

तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चारजनाको उपचार भइरहेको बताईएको छ ।

 

 

प्रकाशित : 11 April, 2021

प्रतिक्रिया दिनुहोस्