एयरलाइन्सले नयाँ वर्षको अवसरमा सस्तो मूल्यमा उडान भर्ने

काठमाडौं । चैत्र ३०, यती एयरलाइन्सले नयाँ वर्षको अवसरमा प्रोमो कोड प्रयोग गरेर सस्तो मूल्यमा उडान भर्ने भएको छ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौं–पोखरा १५७८ मा, काठमाडौं–भैरहवा १६७८ मा, काठमाडौं–विराटनगर २०७८ मा, काठमाडौं–भद्रपुर २३७८ मा र काठमाडौं–नेपालगञ्ज २९७८ मा टिकेट खरिद गर्न सकिन्छ। प्रोमो कोडको लागि एन्ड्रोइड र एप्पल स्टोरमा यती एयरलाइन्सको एप डाउनलोड गर्नुपर्नेछ।