कस्तो रहला त आजको मौसम ?

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०३, जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभावले तीन दिन मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र सूदरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानमा मेघगर्जन चट्टयाङ्ग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकि पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन चट्टयाङ्ग हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

त्यस्तै, आज राती प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

 

 

 

प्रकाशित : 16 April, 2021

प्रतिक्रिया दिनुहोस्