नबिलका सीईओले जिते मेगाका सञ्चालक विरुद्दको मुद्दा

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०३, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृति (सीईओ) अनिलकेशरी शाहले १ करोड रुपैयाँको मुद्दा जितेका छन् । मेगा बैंक स्थापना गर्दा सञ्चालक दुमनसिंह थापा क्षेत्रीलाई २०६६ साल माघ २८ गते करारनामा गरेर दिएको पैसा फिर्ता नभएपछि सीईओ शाहले थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।

शाहले २०७७ असार ६ गते करार उल्लंघन गरेको भन्दै क्षतिपूर्ती दाबीसहित दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलाशसले शाहको पक्षमा फैसला सुनाएको हो ।

मेगा बैंक स्थापना गर्दा थापाले शाहसँग १ करोड लिएका थिए । थापाले शाहबाट १ लाख कित्ता शेयरवापत हुन आउने १ करोड रुपैयाँ १ लाख कित्ता शेयरको लागि लगानी गरेवापत हुने आय आर्जन, लाभांश, बोनस शेयर लगायतको आम्दानीसमेत खरिद गरेको शेयरकै अनुपातमा फिर्ता गर्ने गरी करार गरेरै लगेका थिए । तर, करार पालना नगरेपछि शाह अदालत गएका थिए ।

अदालतले अनिलकेशरी शाहकै माग अनुसार हालको धितोपत्र बजार मूल्य बराबरको रकम क्षतिपूूर्ति दिनुपर्ने ठहरसहित २०७७ फागुन २ गते फैसला गरेको हो । अब थापासँग अदालतको फैसला चित्त नबुझे फैसलाको पूर्ण पाठ आएको १ महिनाभित्र पुनरावेदन जान सक्ने बाटो छ । यदि त्यसो नगरेमा क्षतिपूर्ति सहितको सवा दुई करोड रुपैयाँ शाहलाई दिनुपर्ने बताईएको छ ।

प्रकाशित : 16 April, 2021

प्रतिक्रिया दिनुहोस्