माटो खन्दा सिमकोट विमानस्थल जोखिममा

काठमाडौं । बैशाख ०४, विमानस्थल भन्दा तलको सिमकोट खेल मैदानको माटो खनेर ठूलो खानी बनाएपछि दिनप्रतिदिन विमानस्थलको जोखिम बढ्दै गएको छ ।
प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब निरीक्षकसँग माटो खन्ने कामलाई बन्द गर्न लगाउने र माटो खनेको भेटेमा कारवाही गर्ने बारेमा कुरा भए पनि उहाँहरु सरुवा भएपछि माटो खन्ने काम नरोकिएको अध्यक्ष लामाको भनाइ रहेको छ ।
त्यसैगरी, विमानस्थल सुरक्षाको जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले माटो झिक्न काम तत्काल रोक्नुपर्ने जानकारी दिए भने वर्षायाममा सिमकोट बजार क्षेत्रको सबै पानी विमानस्थल हुँदै बगेर सिम क्षेत्रतर्फ नै जाने भएकाले पनि माटो झिकेका भ्वाङ भत्किने र त्यसले गर्दा माथिको विमानस्थल उच्च जोखिममा रहने सिमकोट विमानस्थल स्रोतले बताएको छ ।