आज मौसम अपडेट

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०६, आज (सोमबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले विवरण सार्वजनिक गरेको छ ।

देशको पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले बताएको छ ।

त्यसैगरी, रातको समयमा पनि देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ।

प्रकाशित : 19 April, 2021

प्रतिक्रिया दिनुहोस्