कोरोनाका कारण फिल्म हल फेरि बन्द हुने

काठमाडौं । बैशाख ०६, कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको छ ।
गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम भए पनि सरकारले फिल्म हल भने खोलेको थिएन त्यसैले यस बिषयमा फिल्मकर्मीले सरकारलाई लक्षित गर्दै बिभिन्न चरणको आन्दोलन समेत गरेका थिए ।
उक्त आन्दोलनको कारण आधा दर्शक राख्ने, स्वास्थ्य मापदण्ड पालन गर्ने, हल बेलाबेलामा सेनेटाइज गर्नेलगायत सहमतीमा सरकारले केही महिना पहिले मात्र फिल्म हल खोल्न अनुमति दिएको थियो । सरकारको यस्तो निर्णयले फिल्मकर्मीमा थप पिडा पर्ने देखिएको छ ।