वैशाख महिना भित्रै रेल सञ्चालन हुने

काठमाडौं । बैशाख ०७, नेपाल रेल्वे कम्पनी र भारतीय कोनकन रेल्वेज कर्पोरेसनबीच जनकपुर–जयनगर रेल सञ्चालनका लागि सम्झौता भएको छ ।
नेपाल सरकारले निर्णय गरे बमोजिम परराष्ट्र मन्त्रालय हुँदै भारत सरकारसँगको सहकार्यमा दुई देशबीच सरकार–सरकार (जीटुजी) गत साता सम्झौता भएको महाप्रबन्धक गुरु भट्टराईले बताए ।
त्यसैगरी, साथै रेलको ट्रयाक मर्मत सम्भार, नेपाली जनशक्तिलाई तालिम दिने, रेल सञ्चालनका लागि आवश्क टुल्स र उपकरण उपलब्ध गराउने, सञ्चालन कार्यविधि र कर्मचारीको जिम्मेवार सहितको मापदण्ड बनाउने गरी एक वर्षका लागि कोनकन रेल्वेजलसँग करार सम्झौता भएको छ । सम्झौताअनुसार, ३५ करोड १२ लाख रुपैयाँमा दुई पक्षबीच सम्झौता भएको महाप्रबन्धक भट्टराईले बताए ।
पहिलो चरणमा भारत जयनगरदेखि जनकपुरको कुर्थासम्म ३४ किलोमिटर रेल सेवा सञ्चालन गर्ने तयारी छ । दोस्रो खण्ड कुर्थादेखि बिजलपुरासम्म १७ किलोमिटर रेल चाँडै सञ्चालन हुने कम्पनीले जनाएको छ । १३ सय यात्रु क्षमता भएको रेलले हाल ६ पटक अफ एन्ड डाउन (जनकपुर–जयनगर) गर्न योजना रहेको बताइएको छ ।