केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रसुवामा पहिरो जाँदा ८ घर पुरियो, ४ जनाको उद्धार, ४ वेपत्ता

सहयात्रा टिभी

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा पहिरो जाँदा ८ घर पुरिएको छ । घरहरु पुरिँदा ४ जनालाई उद्धार गरिएको र अन्य ४ जना वेपत्ता भएको सेनाले जनाएको छ । पहिरोमा परि वेपत्ता हुनेमा ७५ वर्षीय धर्मबहादुर थापामगर, उनकी ३५ वर्षीया बुहारी मुना थापामगर, ४ वर्षीया नातिनी र ७८ वर्षीय भक्तबहादुर नगरकोटी रहेका छन् । वेपत्ताको खाजी र उद्धार कार्य भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

बस्ती भन्दा माथिबाट पहिरो आएका कारण घटनास्थल पुग्न बाटो बनाउँदै जानुपर्ने भएकाले उद्धारमा कठिनाई भएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

प्रकाशित : 7 August, 2017

प्रतिक्रिया दिनुहोस्