मोबाईल फोनको डाटा तथा ब्याट्री जोगाउन यी टिप्स अपनाउनुस्

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, गुगल प्लेस्टोरमा रहेको सेटिङद्धारा आफनो स्मार्टफोनको ब्याट्री तथा डाटा जोगाउन सकिन्छ।

एप स्टोरमा उपलब्ध रहेका त्यस्ता केहि सेटिङहरुमा ध्यान दिइएन भने यसले तपाईँको स्मार्टफोनको ब्याट्री र डाटा छिट्टै सकिन सक्छ।

सबभन्दा पहिले आफ्ने मोबाईलको सेटिङ्समा गएर प्यारेन्टल कन्ट्रोलमा गएर कन्ट्रोललाई अन गरेपछि ४ अंकको पासवर्ड राख्नुहोस्। पासवर्ड सेट भएपछि तपाईँको एप स्टोर खुल्छ र पासवर्डका बारेमा सोध्नेछ।

डाटा बचाउने उपाय

यदि तपाईँले यहाँ ‘ओभर एनी नेटवर्क’ सेलेक्ट गर्नुभएको छ भने एप अपडेट उपलब्ध हुनेबित्तिकै यो अटो अपडेट हुन थाल्छ। यसो हुँदा ब्याट्री धेरै खपत हुन्छ र चाँडै सकिन्छ।

ब्याट्री बचाउने उपाउ

यदि तपाईँ प्लेस्टोर धेरै चलाउनुहुन्छ भने पनि फोनको ब्याट्री चाँडै सकिन्छ।त्यसका लागी सेटिङ्स परिवर्तन गर्नुपर्ने हुन्छ।

सबैभन्दा पहिले सेटिङ्समा गएर ‘थिम’ मा ट्याप गर्नुहोस्। त्यसपछि ‘सेट बाइ ब्याट्री सेभर’ मा सेलेक्ट गर्नुहोस्। यो सेटिङ मिलाएपछि प्ले स्टोर चलाउँदा ब्याट्री कम लाग्छ।

एप स्टोर लक गर्ने उपाय

यदि तपाईँलाई आफूबाहेक अरु कसैले कुनै एप थाहा नदिइ इन्सटल गर्नसक्छ भन्ने लागेमा तपाईँले आफ्नो प्लेस्टोर लक गर्न सक्नुहुन्छ।

यसको लागि सबभन्दा पहिले सेटिङ्समा गएर प्यारेन्टल कन्ट्रोलमा जानुहोस्। यहाँ कन्ट्रोललाई अन गरेपछि ४ अंकको पासवर्ड राख्नुहोस्। पासवर्ड सेट भएपछि तपाईँको एप स्टोर खुल्छ र पासवर्डका बारेमा सोध्छ।

प्रकाशित : 20 April, 2021

प्रतिक्रिया दिनुहोस्