कोरोना संक्रणबाट पर्सामा एक पुरुषको मृत्यु

पर्सा । बैशाख ०७, कोरोना सङ्क्रमणबाट पर्सामा आज एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका-१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी वयोधा अस्पतालमा आज बिहान १२ : ४५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
बितेको एक साताभित्र पर्सामा चार पुरुष र एक महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी पर्सामा सङ्क्रमणकै कारण मृत्यु भएको सङ्ख्या ५८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले बताएको छ ।