सार्वजनिक यातायातमा मास्क बिना चढ्न नपाइने

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, मास्क बिना सार्वजनिक यातायात चढ्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालिप्रसाद पराजुली र यातायात व्यवसायीबीच मास्क बिना सार्वजनिक यातायात चढ्न नदिने विषयमा छलफल भएको छ ।

सो छलफलका क्रममा यातायातमा कडाई नगरिए लकडाउनको स्थितिमा समेत पुग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी प्रमुख जिल्ला अधिकारी पराजुलीले दिएका थिए ।

देशभर चार लाख सार्वजनिक यातायात रहेका छन् । यातायात क्षेत्रमा १० खर्ब रुपैयाँ बराबरको लगानी रहेको र ११ लाखभन्दा बढीले रोजगारी पाएको महासंघले जनाएको छ ।

 

 

 

प्रकाशित : 21 April, 2021

प्रतिक्रिया दिनुहोस्