आज बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा

काठमाडौं । बैशाख ०९, काठमाडौं उपत्यकालगायत देशभरका पहाडी र हिमाली क्षेत्र र पश्चिम तराईमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायूको प्रभावका कारण रातीबाट ठूलो प्रणाली विकास भएकाले बिहानैदेखि वर्षा गराएको हो ।
काठमाडौं उपत्यकामा आज राती भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्चपहाडी क्षेत्रमा पुनः वर्षा हुनसक्ने महाशाखाले बताएको छ ।
त्यसैगरी, अन्य स्थानमा मौसममा सुधार हुँदै जानेछ भने महाशाखाका अनुसार भोलिसम्ममा मौसममा पूर्ण सुधार भइसक्ने र घाम लाग्नेछ ।