धादिङको धार्केमा बस दुर्घटनामा परी १६ जना घाइते

धादिङ । बैशाख १०, धादिङको धुनिबेसी नगरपालिका ६ धार्के चालिसेमा स्याङजाबाट यात्रु लिएर आएको ना ५ ख ४९१६ नम्बरको बस गएराति ९ बजे आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर छ भने उनीहरुलाई शिव दर्शन अस्पताल धार्के र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएका छन् ।