ग्रिन डेभलपमेण्ट बैंकको सञ्चालकमा अधिकारी नियुक्त

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालकमा विश्व मोहन अधिकारी नियुक्त भएका छन् । उनलाई बैंकको चैत्र २८ गते सम्पन्न साधारणसभाले सर्वसाधरण सेयरधनीहरुको तर्फबाट सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिकारी विगत २५ वर्षदेखि बैंकिङ क्षेत्रमै आवद्ध छन् । उनी साविक सिटी डेभलपमेण्ट बैंक र ओम डेभलपमेण्ट बैंकमा १३ वर्षसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका थिए ।

 

प्रकाशित : 26 April, 2021

प्रतिक्रिया दिनुहोस्