उपत्यकामा दुई हप्ता निषेधाज्ञा लागू हुने

काठमाडौं । बैशाख १४, सरकारले एक साता निषेधाज्ञा लागू गर्ने भनेकोमा फेरि एक साता थप गरी दुई हप्ताका लागि निषेधाज्ञा हुने भएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएकोे दोस्रो चरणको (कोरोना भाइरस) को लहर तिव्ररुपमा नेपालमा पनि बढन सकने भएकोले सरकारले रोकथाम तथा नियन्त्रणका लागि मन्त्रिपरिषद्को (सोमबार( बसेको बैठकले काठमाडौं उपत्यकामा वैशाख महिनाभर निषेधाज्ञा गर्ने भएको हो ।
निषेधाज्ञा जारी भएका जिल्लाहरूमा सार्वजनिक र निजी सवारी साधन चल्न पाउने छैनन् । अत्यावश्यक सेवाका सवारी चल्ने छन् ।