प्रसिद्ध धार्मिकस्थल पाथीभरा केबलकारको विरोध

सहयात्रा टिभी

ताप्लेजुङ । बैशाख १४, ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (सेमुक्तु मुक्तिकोक्मा) डाँडासम्म पुग्ने गरी केबलकार निर्माणको तयारी थालिएपछि यसको विरोध सुरु भएको छ ।

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै तीर्थयात्रीलाई पाथीभरासम्म पुग्ने केबलकार सञ्चालन गर्न यति होल्डिङ्सले पाथीभरा देवी दर्शन केबलकारका नाममा लगानी गरेको छ ।

पाथीभरा क्षेत्रको काफ्लेपाटीबाट मन्दिरसम्म २ दशमलव ७४ किलोमिटर दूरीमा केबलकार सञ्चालन गर्न २ अर्ब ५५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । व्यापक विरोधका बाबजुद सरकारले केबलकार सञ्चालनका लागि यति होल्डिङ्सलाई ४ दशमलव ९७ हेक्टर जग्गा उपलब्ध गराउने सम्झौता गरिसकेको बताईएको छ ।

प्रकाशित : 27 April, 2021

प्रतिक्रिया दिनुहोस्