शाह दम्पत्तिलाई अक्सिजनको सपोर्टमा उपचार गर्दै नर्भिक अस्पताल

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, नर्भिक इन्टरनेशनल अस्पतालले राजा ज्ञानेन्द्र वीरविक्रम शाह र रानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरेको जानकारी दिएको छ ।

वैशाख ११ गते कोरोना संक्रमित भएपछि पूर्वराजा दम्पत्ति नर्भिक अस्पताल भर्ना भएका थिए ।

कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन । उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

 

प्रकाशित : 27 April, 2021

प्रतिक्रिया दिनुहोस्