काठमाडौं उपत्यकासहित अधिकांश पहाडी क्षेत्रमा वर्षा

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

 

पहाडी क्षेत्रमा हल्का र मध्यम वर्षा हुने सम्भावना देखिएको मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।

त्यसैगरी, तराई क्षेत्रमा भने सामान्य मौसम बदली देखिए पनि पानी परेको छैन भने मौसमविद अर्यालका अनुसार पहाडी क्षेत्रमा दुई दिनसम्म पानी पर्न सक्छ ।

 

 

 

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्