डडेल्धुराको भवनमा डोजर चल्यो, पत्रकार महासंघ

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, नेपाल पत्रकार महासंघ डडेल्धुराको नव निर्मित भवनमा डिभिजन वन कार्यालय डडेल्धुराले डोजर प्रयोग गरेर क्षति पुर्‍याएको छ ।

सूचना विनानै अमरगढी नगरपालिकाको डोजर प्रयोग गरी प्रहरी बल समेत प्रयोग गरेर बिहीबार भवनमा क्षति पुर्‍याएको घटना प्रति पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।

त्यसैगरी, घटना पछि महासंघले प्रचलित कानून विपरित महासंघको भवन भत्काउँने कार्य प्रेस स्वतन्त्रता विरोधी कृयाकलाप भएको भन्दै कर्मचचारी परिचालन गर्ने डिभिजन कार्यालय डडेल्धुरा, ट्रस सहित भवन भत्काउन डोजर उपलब्ध गराउने अमरगढी नगरपालिका र सुरक्षा बल परिचालन गर्ने जिल्ला प्रशासन कार्यालय बिरुद्ध डडेल्धुराका नागरिक सामाजिक संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै आन्दोलन गर्ने निर्णय गरेका छन ।

 

 

 

 

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्