मुख्यमन्त्री पोखरेलबाट राजीनामा

सहयात्रा टिभी

‌‌‌काठमाडौं । बैशाख १९, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा दिएका लुम्बिनी प्रदेशकै सरकारका प्रवक्ता बैजनाथ चौधरीले पुष्टि गरेका छन् ।

त्यसैगरी, विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बनेका थिए । उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।

 

 

 

प्रकाशित : 2 May, 2021

प्रतिक्रिया दिनुहोस्