बिहेको भोज खाँदा ३५ बिरामी, चारको अबस्था गम्भीर

तनहुँ । बैशाख २०, व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउने लक्षण देखिएर करिब ३५ जना बिरामी परेका छन् । गम्भीर भएका चार जनालाई स्लाइन चढाएर उपचार भईरहेको छ ।
शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले बताए ।
त्यसैगरी, यसरी बिरामी भएर गम्भीर रहेका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको उहाँले बताउनुभयो ।