तानसेनमा खानेपानीको हाहाकार

काठमाडौं । बैशाख २०, विगत १५ दिनदेखि जिल्लाको सदरमुकाम तानसेनमा घरका धारामा पानी आउन छाडेपछि खानेपानीको हाहाकार भएको छ।
कोरोना महामारीका बेला खानेपानीको समस्या हुँदा तानसेन बाँसीहरु चिन्तित बनेका हुन्। उनीहरूले बजारभन्दा टाढा रहेका बन जंगलका मूलमा धाएर पानी बोकेर ल्याउने गरेका छन्।
त्यसैगरी, मन्दिरको पेटीमा बसेका मेहल्धाराका लक्ष्मीहरि पौडेलले डेढघण्टासम्म पानी भर्न पालो नपाएको बताए। एकहप्ता देखि घण्टौसम्म कुरेर यहाँको धाराबाट खानेपानी लैजानु परेको बाध्यता उनले सुनाए। खानेपानीका कारणले तानसेनमा कोरोना महामारी बढ्न सक्ने खतरा रहेको असनटोलका सन्दीप पाण्डेले बताए। १५ दिनसम्म पनि खानेपानीको समस्या समाधान गर्न नसक्ने उपभोक्ता समितिका पदाधिकारीलाई कारबाही हुनुपर्ने उनले माग गरे। पानीका मूलमा रहेका मोटर समयमै मर्मत भए जेनतेन पानी खान पाइने उपभोक्ताको भनाई रहेको छ।