एनआईसी एशिया बैंकद्धारा आफ्ना ग्राहकलाई १५% छुट

काठमाडौं । बैशाख २०, एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई अनलाइनमार्फत अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५०० रूपैयाँसम्म नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।
त्यस्तै, बैंकले सस्तोडिल, ग्यापु, रिचार्जर, इन्फी स्टोर र खानपिनलगायतका अनलाइन स्टोरमार्फत दैनिक अत्यावश्यक सामग्री खरिद गर्दा १५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सकिने व्यवस्था गरेको छ ।
उक्त सुविधाकालागि ग्राहकले बैंकको कार्डमार्फत ई–कमर्श तथा अनलाइन भुक्तानी एवं मोबाइल बैंकिङ प्रयोगकर्ताले क्यूरआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्ने बताइएको छ । आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेवसाइट तथा मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा आफ्नो कार्डमा ई–कमर्श सुचारू गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्ने बैंकले बताएको छ ।