गस्ती गर्ने क्रम्मा चट्याङ लागेर असईको मृत्यु

सहयात्रा टिभी

झापा । बैशाख २१, झापामा गस्ती गर्ने क्रम्मा चट्याङले लागेर प्रहरी सहायक निरीक्षक(असई)को मृत्यु भएको छ।

जिल्लाको भद्रपुर नगरपालिका–२ को अस्थायी प्रहरी चौकी किच्चकबधका इन्चार्जसमेत रहेका ४७ वर्षीय महादेव ठाकुरको मृत्यु भएको झापा प्रहरीले बताएको छ।

राति १० बजेतिर साइकलमा गस्ती गर्ने क्रम्मा चट्याङले लाग्नासाथ उनलाई उपचारका लागि भद्रपुरको पाथीभरा अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषित गरेका थिए।

 

प्रकाशित : 4 May, 2021

प्रतिक्रिया दिनुहोस्