दुबईबाट आएका ५ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे

सहयात्रा टिभी

काठमाडौं । बैशाख २२, एक किलोग्राम ४०७ ग्राम सुन जस्तो पहेँलो धातुसहित नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचजनालाई पक्राउ गरेको छ ।

त्यस्तै, प्युठानका यमलाल खनाल, गुल्मीका जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबहादुर तामाङ र नवलपरासीका राजु विश्वकर्मालाई पहेँलो धातुसहित पक्राउ गरेको हो ।

उनीहरु एयर अरेबियाको उडानमा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६९८ ग्राम ९१० मिलिग्राम बराबरको सुन जस्तो देखिने बिस्कुट आकारको पहेँलो धातु दुई थान र दुईवटा बाला बरामद गरेको हो ।

यस्तै हिमालय एयरद्वारा दुबईबाट आएका सुमित र धनबहादुर तथा नेपाल एयरलाइन्सबाट आएका राजुको साथबाट जम्मा ७०९ ग्राम उक्त धातु बरामद गरेको छ ।

उनीहरु पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारवाहीका लागि भन्सार कार्यालय गौचर बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले बताएको छ ।

प्रकाशित : 5 May, 2021

प्रतिक्रिया दिनुहोस्