धौलागिरी अस्पताल बागलुङमामा दुई जना संक्रमितको मृत्यु

बागलुङ । बैशाख २३, धौलागिरी अस्पताल बागलुङमा उपचारत दुई जना पुरुषको मृत्यु भएको छ भने एक जना कोरोना संक्रमित र एक जना संकास्पद संक्रमितको मृत्यु भएको जनाईएको छ।
त्यस्तै, बागलुङ नगरपालिका–४ का ७८ वर्षीय पुरुषको बिहीबार बिहान अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले बताएको छ।
स्वास प्रस्वासमा समस्या भएर अस्पताल पुगेका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। हाल सम्म बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ।