‘घुम्तिमा नआउ है आँखा तिमी जुधाउन’ : वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बैशाख २३, नेपाली संगीतका मुर्धन्य व्यक्तित्व वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।
नेपाली गीत–संगीत क्षेत्रमा प्रधानको ठुलो योगदान रहेको छ जसलाई हरेक नेपालीले सधैं सम्झिरहने छन् ।
नमान लाज यसरी, घुम्तिमा नआउ है, देउरालीमा बतास चल्यो, पर लैजाउ फुलहरु, तिमीलाई अचेल कहाँ भेटुं जस्ता थुप्रै यी र यस्ता कालजयी गितहरुमा आवाज भर्नुभएका संगीतका धरोहर युग पुरुष प्रेमध्वज प्रधानको निधन भएपनि उहाँको कालजयी सृजनाहरु सधै ताजै रहिरहनेछन ।