यी पाँच तरीकाबाट सुरक्षित राख्नुहोस् आफ्नो फेसबुक एकाउन्ट

सहयात्रा टिभी

काठमाडौं । बैशाख २४, नेपालमा सबैभन्दा धेरै प्रयोग गरिने सोसल मिडिया फेसबुक नै हो ।

केही समयअगाडि कलाकार दीपाश्री निरौलालगायतका कलाकारहरूको फेसबुक ह्याक भएको समाचार बाहिर आएको थियो । फेसबुक खाता ह्याक हुनबाट कसरी जोगाउने ? फेसबुक सुरक्षा सेटिङ्स कसरी सुरक्षित गर्ने ? तपाईंको फेसबुक एकाउन्ट कसरी सुरक्षित गर्ने भन्ने बारेमा जानकारी दिँदै छौं ।

१) साइन आउट गर्ने बानि बसाल्नुहोस्
फेसबुकको प्रयोग गरीसकेपछि लग आउट गर्न कहिल्यै नबिर्सनुहोस् । मोबाइलमा फेसबुक प्रयोग गरेपछि हामी लग आउट गर्दैनौं । यसले गर्दा हाम्रो हाम्रो फेसबुक एकाउन्ट असुरक्षित हुन जान्छ ।

२) पासवर्ड बलियो राख्नुहोस्
पासवर्ड तपाईंको फेसबुक एकाउन्टको मुख्य सुरक्षा दिने माध्यम हो । ठाउँको नाम, आफ्नो मन पर्ने साथीको नाम, मन पर्ने जनावरको नाम प्रयोग नगर्नुहोस् । यस्ता पासवर्ड तपाईंको नजिकका व्यक्तिले अनुमान गर्न सक्छन्, साथै स्पेसल क्यारेक्टरको प्रयोग गर्नुहोस् । सकेसम्म पासवर्ड जेनेरेटरको प्रयोग गर्नुहोस् र तपाईंको पासवर्ड प्रत्येक छ महिनामा एकपटक मात्र फेसबुकका लागि मात्र नभएर सबै ठाउँमा परिवर्तन गर्नुहोस् ।

३) स्पाम लिंक नखोल्नुहोस्
मेसेन्जरमा आउने सबै लिन्कहरू नखोल्नुहोस् । आफ्नै विश्वास गरेका साथीहरूबाट पनि यस्ता स्पाम लिंकहरू आउने गर्छन् । केही समयअगाडि यो तिम्रो फोटो हो भन्ने स्पाम लिंकले धेरै प्रयोगकर्ताहरूको एकाउन्ट ह्याक भएको थियो । लिंक खोल्नुअगाडि लिंक साथीले पठाएको हो वा होइन, कस्तो लिंक हो, सबै बुझेर मात्र अगाडि बढ्नुहोस्, नत्र तपाईं एकाउन्टको डाटा पनि असुरक्षित हुन सक्छ ।

४) मोबाइल नम्बर भेरिफिकेसन गर्नुहोस्
मोबाइल नम्बर भेरिफिकेसन गर्नाले फेसबुक सुरक्षालाई सुदृढ बनाउँछ । तपाईंले आफ्नो एकाउन्टको पासवर्ड बिर्सनुभयो भने फेसबुकले तपाईंको मोबाइल नम्बरमा ओटीपी पठाउँछ र तपाईं आफ्नो फेसबुक एकाउन्ट पासवर्ड रिसेट गर्न सक्नुहुन्छ ।

५) ‘लग इन अपु्रभल’ सक्रिय गर्नुहोस्
लग इन अप्रुभल फेसबुकबाट प्रदान गरिएको एक सुरक्षा सुविधा हो र यसले तपाईंलाई सुरक्षा कोड प्रदान गर्न प्रत्येक पटक तपाईंको फेसबुक खातामा अपरिचित डिभाइसहरूबाट लग इन गर्दा कोड राख्नुपर्ने हुन्छ । एकाउन्ट सेटिङ्समा गएर लग इन अप्रुभल अन गर्नुहोस् ।

 

 

प्रकाशित : 7 May, 2021

प्रतिक्रिया दिनुहोस्