गुल्मीमा चट्याङ लागेर ८ जना घाइते, एकजनाको मृत्यु
सहयात्रा टिभी
गुल्मी । बैशाख २४, गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु र ८ जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका वडानम्बर–४ दजाकोटमा उजिर बहादुर गाहा र भिम श्री गाहाको घरमा चट्याङ लागेको हो । शुक्रवार बिहान चट्याङ लागेर घाइते भएकी १८ वर्षकी करिश्मा गाहाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


