के तपाइले अमेरिकाको डिभी चिठ्ठाको नतिजा हेर्नुभयो ? यसरी हेर्न सकिनछ नतिजा

काठमाडौं । बैशाख २६, गएराति अमेरिकी डिभी चिठ्ठा २०२२ को नतिजा सार्वजनिक भएको अमेरिकी दूतावासले जनाएको छ ।
डिभीको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गरी नतिजा हेर्न सकिनेछ ।
त्यस्तै छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले बताएको छ ।