विराटनगरमा कोरोनाबाट ८ को मृत्यु

मोरङ । बैशाख २७, विराटनगरमा कोरोना संक्रमणले सात जनाको अस्पतालमा उपचारक्रममा र एक जनाको घरैमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सुनसरीको इटहरी ८ की ५४ वर्षीया संक्रमितको रहेका छन् भने नोबेल अस्पताल विराटनगरमा त्रिवेणी चोकका ७६ वर्षीय, धरान–१७ का ६६ वर्षीय र सिरहाको कल्याणपुर–४ की ३८ वर्षीयाको आइतबार मृत्यु भएको छ ।
यस्तै, मोरङको उर्लाबारी–६ की ३९ वर्षीया, झापाको मेचीनगर–६ का ६० वर्षीय र सप्तरीको बोदे बरसाइन नगरपालिका– १० का ३५ वर्षीयको शनिबार राति मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।