स्याङ्जामा हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

स्याङ्जा । बैशाख २९, स्याङ्जामा पहिलो चरणको कोरोना संक्रमणबाट २१ जनको मृत्यु भएको थियो भने संक्रमणको दोस्रो लहर शुरु भएपछि मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
१३ जना पुरुष र ५ जना महिलाको संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
११ स्थानीय तह रहेको स्याङ्जामा संक्रमणबाट वालिङ र गल्याङ् नगरपालिकामा सबै भन्दा बढीको मृत्यु भएको छ ।
वालिङमा मात्रै संक्रमितको संख्या १ सय ९४ पुगेको छ । जिल्लामा ६ सय २८ संक्रमित रहेका छन् ।