बुटवलमा थप २ कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३०, बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुवैजनामा निमुनिया र श्वासप्रश्वासको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा.गौतमले बताए ।

मृत्यु हुने दुवैजना रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पुरुष रहेका छन् । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार आईसीयूमा उपचाररत तिलोत्तमा नगरपालिका ५ का पुरुषको बिहीबार बिहान ७ बजेर ४५ मिनटमा मृत्यु भएको हो । उनी २४ गते अस्पताल भर्ना भएका थिए ।

एचडीयूमा उपचाररत तिलोत्तमा १३ का २७ वर्षे पुरुषको गएराति ८ बजेर १५ मिनटमा मृत्यु भएको हो ।

प्रकाशित : 13 May, 2021

प्रतिक्रिया दिनुहोस्