ब्रोकर कम्पनीहरुलाई तीन कर्मचारी मात्रै राखेर काम गर्न बोर्डको निर्देशन
सहयात्रा टिभी
काठमाडौं । बैशाख ३०, ब्रोकर कम्पनी र मर्चेन्ट बैंकहरुलाई नेपाल धितोपत्र बोर्डले एउटा कार्यालयमा ३ कर्मचारी मात्रै राखेर काम गर्न निर्देशन दिएको छ।
लगानीकर्ताले हाल घरबाटै अनलाइन प्रणालीमार्फत सेयर खरिदबिक्रीको आदेश दिने गरेका छन्। सिस्टम संचालनबाहेक भौतिक उपस्थित नभई कार्य गर्न बोर्डले भनेको छ त्यसैले ३ जनाभन्दा बढी कर्मचारी नराख्न आग्रह गरेको छ।
गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्ता सुविधा उपलव्ध गराउने व्यवस्था मिलाउन र थप मोबाइल नम्वरहरु उपलव्ध गराउन बोर्डले जनाएको छ।