ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

सहयात्रा टिभी

कञ्चनपुर । बैशाख ३१, कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से१त ४४४१ नंको ट्याक्टरले से३प ३००४ नंको मोटरसाइकललाई ठक्कर दिँदा कृष्णपुर नगरपालिकाका बासिन्दा मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र २८ वर्षीय प्रकाश रोकायाको मृत्यु भएको छ ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक दुवैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

प्रकाशित : 14 May, 2021

प्रतिक्रिया दिनुहोस्