यामाहाको नयाँ मोडलको बाइक आर ७ मे १८ मा सार्वजनिक हुदैँ

काठमाडौं । जेठ ३, जापानी बाइक निर्माता कम्पनी यामाहाको नयाँ मोडलको बाइक मे १८ मा सार्वजनिक हुदैँछ।
त्यस्तै कम्पनीले केही दिनअघि एक भिडिओ टिजर सार्वजनिक गर्दै सो मिति तोकेको भारतीय अटो वेभसाइट मोटोरोइड्ले जनाएको छ। नयाँ मोडलको यो आर७ हेर्दा पनि आर६ जस्तै देखिन्छ। तर आर७को विन्डस्क्रिन आर६ भन्दा ठूलो देखिन्छ।
आर७को इन्जिन यामाहा कै एमटी–०७को प्लेटफर्ममा आधारित रही तयार भएको छ। यामाहाको आर७ लिक्विड–कुल्ड, ६८९ सिसी, प्याररल-ट्विन इन्जिनले सञ्चालन हुनेछ। जसले ८ हजार ७ सय ५० मा ७३.४ बिएचपी पावर र ६ हजार पाँच सय आरपिएममा ६७ एनएमको टर्क जेनेरेट गर्नेछ।
बाइकको अगाडि भागमा एलइडी प्रोजेक्टरको हेडल्याम्प छ। यसको फिनिसिङ र बाहिरी आवरण निकै आकर्षक छ। यसको कुल तौल जम्मा १ सय ८४ केजीको हुनेछ।
यामाहाको आर६ मोडलको तुलनामा आर७ कम मूल्यमा पाइने अनुमान लगाइएको छ। यसको मूल्य र अन्य थप पूर्ण जानकारीहरू सार्वजनिक नभएको बताईएको छ ।